‘नवराज विकसहित ६ जनालाई मारेर भेरीमा फालियो’

140
प्रतिवेदन सार्वजनिक गरिँदै ।

नेपालगन्ज – नवराज विकसहित ६ जनालाई मारेर नदीमा फालिएको निष्कर्श निकाल्दै प्रदेश नम्बर ५ का अधिकारकर्मीहरुले प्रतिवेदन सार्वजनिक गरेका छन् । शुक्रबार बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै मानवअधिकारकर्मीले जेठ १० गते रुकुम चौरजहारी ८ सोतीमा जाजरकोट ४ का नवराज विकसहित ६ जना युवाहरुलाई कुटपिट गरेर हत्या गरी भेरीमा फालेको र सोती घटना जातीय विभेदकै कारण घटेको निष्कर्श निकालेको हो ।

प्रदेश नम्बर ५ को नेतृत्व गर्दै जेठ १२ गते जाजरकोट र रुकुम पुगेको मानवअधिकारकर्मीको टोलीले प्रतिवेदन प्रस्तुत गर्दै रुकुम घटना जातीय विभेदका कारण भएको र नवराज विकसहित ६ जनालाई मारेर नदीमा बगाएको उल्लेख छ । १५ पेजको प्रतिवेदन सार्वजनिक गर्दै समितिले घटना जातीय विभेदकै कारण भएको र ६ जनालाई कुटपिट पछि हत्या गरेर नदीमा फालिएको उल्लेख छ ।

जेठ १२ गते प्रदेश नम्बर ५ बाट मानवअधिकार र पत्रकारको अनुगमन समिति घटनास्थलमा पुगेको थियो । घटनाको नेतृत्व दलित गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ५ संयोजक डिलबहादुर परियारले गरेका थिए । रुकुम घटनाका विषयमा विभिन्न ८ अधिकारकर्मी संघसंस्थाले घटनास्थलको स्थलगत अध्ययन र अनुमगन गरी प्रतिवेदन पनि सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्नेमा नेपाल दलित मुक्ति संगठन ५ नं.प्रदेश, नेपाल दलित मुक्ति संगठन बाँके, नेपाल दलित संघ बाँके, गैरसरकारी संस्था महासंघ ५ नं.प्रदेश, दलित गैरसरकारी संस्था महासंघ, नेपाल दलित मुक्ति संगठन बाँके, दलित महिला संघ बाँके र नेपाल दलित मुक्ति संगठन बाँके रहेका छन् ।

यो पनि पढ्नुहोस्

अन्तर्जातीय प्रेम प्रकरणः कुटेर नवराजसहित ६ जनाको हत्या गरिएको जाजरकोट कांग्रेसको ठम्याइ

अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui