अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

232
हात बाँधिएको अवस्थामा भेरी नदीमा फेला परेको लोकेन्द्र सुनारको शव ।

जाजरकोट-

भेरीमा बेपत्ता भएकाको खोजी गर्ने क्रममा एकजनाको शव फेला परेको छ । मल्ल थरकी अन्तर्जातीय प्रेमिका भगाउन गएका जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित जेठ १० गते रुकुम चौरजहारी ८ सोतीस्थित भेरी नदीबाट हराएका जाजरकोट भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव बुधबार फेला परेको छ । उनको शव ५ दिनपछि जाजरकोट भेरी नगरपालिका १ कुदुमा फेला परेको हो ।

घटनास्थलमा पुगेका पत्रकार लोकेन्द्र विश्वकर्माका अनुसार सुनारको शव हत्या गरी डोरीले बाँधेर नदीमा फालेको अवस्थामा फेला परेको छ । अहिलेसम्म लाकेन्द्र सुनार, नबराज बिक, गणेश बुढा र टिकाराम सुनारको शव भेटिएको हो । उनीहरु सबैको शवमा चोटपटक देखिएको पत्रकार विश्वकर्माले बताए । तस्बिरः विजी एफएम

यो पनि पढ्नुहोस्

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui