भारतबाट आउनेको सहारा बन्दै नेपालगन्जका युवा

111
नेपालगन्ज जमुनाहा नाकस्थित दशगजामा निःशुल्क खाना खुवाउँदै बुद्धदय क्लबका पदाधिकारीलगायत ।

नेपालगन्ज – भारतबाट आउने नेपालीलाई नेपालगन्जका युवाले खाना खुवाउने अभियान सुरु गरेका छन । नेपालगन्ज जमुनाहा नाका स्थित दशगजामा हजारौ नेपाली दैनिक भारतबाट आउने गर्छन । तर उनीहरुलाई सरकारले खाना र बस्नको लागि उचित व्यवस्थापन गर्न सकेको छैन । स्थानीयले तहले पनि भारतबाट आउनेलाई सहि तरिकाले व्यवस्थापन गर्न सकेको छैन ।
भारतबाट आएर दुख पाइरहेका नेपालीलाई खाना खुवाउनका लागि नेपालगन्जका युवाहरुको सक्रियतामा बिहिबार देखि अभियान सुरु गरिएको छ । नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान सुरु गरिएको हो ।

अभियानका स्थानीय संयोजक आतक बस्नेतका अनुसार बिहीबार १ सय १० जना र शुक्रबार २ सय १६ जनालाई खानाको व्यवस्था गरिएको थियो । नेपालगन्जको बुद्धदय क्लबका सदस्यहरुले नै खाना बनाएर भारतबाट आइरहेका नेपालीलाई खाना बनाउने गरेका छन । सचिव कविराज रम्तेलको नेतृत्वको क्लबका सदस्यले सक्रिय भएर काम गरिरहेका छन । सुरुआतको दिनमा दालभात, तरकारी र दोस्रो भेज बिरयानी, पानी, जीवनजलको व्यवस्था गरिएको थियो ।
क्याप्टेन विजय लामा, नायिक नम्रता श्रेष्ठ, नायक कर्मा, मीन बहादुर भाम, पुकार बम लगायतका कलाकारले सुरुआत गरेको अभियान हो हाम्रो सानो प्रयास । जसले नेपालगन्जको सीमानाकामा भारतबाट आएर बसिरहेका नेपालीलाई खाना खुवाउनका लागि सहयोग गरिरहेको छ । सुरुआतमा एक साता सम्म खाना खुवाउने योजना रहेको बस्नेतले बताए । अन्य क्षेत्रबाट पनि सहयोग आए अभियानलाई लकडाउन अवधिभर संचालन गर्ने योजना रहेको बस्नेतले जानकारी गराए ।
भारतले रेलसेवा खोलेपछि दैनिक हजारौ नेपाली भारतबाट घर फर्किरहेका छन् ।

भारतमा श्रम गर्ने नेपालीको भीड नाकामा बढदै गएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न निकै चुनौती भैरहेको छ । जसले नेपालमा कोरोना संक्रमणको दर पनि बढाउँदै गएको छ । दैनिक हजारौको संख्यामा आउने नेपालीलाई नेपाल सरकारले केहि दिन दसगजा क्षेत्रमा राखेर परिक्षण गरेर मात्र नेपाल भित्रयाउने गरेको छ । भारतबाट आउने श्रमिकले पाएको दुख सामाजिक संजाल र मिडिया मार्फत जानकारी पाएपछि अभियानको सुरुआत गरेको बताउँछन आंतक बस्नेत । उनले भने, ‘भारतबाट आउने धेरैले भोकै बसेको थाहा भयो । उनीहरु खाना नपाएर भोकै मर्ने अवस्थामा पुगेको समाचार आएपछि हामीले अभियानको सुरु गरेका हौं । यसलाई निरन्तरता दिने प्रयास गछौं ।’

Womui
Womui