क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

185
मृतक नवराज विकका आफन्त र अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडि निकालेको रिले अनशनको दृश्य ।

जाजरकोट– विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेका जाजरकोट रानागाउँका नवराज विकसहित तीन जनाको हत्या भएको विरोधमा जाजरकोटमा रिले अनसन सुरु भएको छ । नवराज विक लगायत मारिएका युवाहरुको हत्यारालाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मंगलबार दिउँसोदेखि रिले अनसन सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडि मृत्तकका आफन्त, दलित अधिकारकर्मी, पत्रकार र स्थानीयहरुले रिले अनसन सुरु गरेका छन् । न्याय नपाउन्जेल प्रशासनको गेटमै अनसन जारी राख्ने उनीहरुले बताएका छन ।

उक्त घटनामा नवराज विकसहित तीन जनाको हत्या गरिएको आरोप केटी पक्षलाई लागेको छ । नवराजसँग गएका अरु तीन जना अझै बेपत्ता छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा सलंग्न भएको आरोपमा रुकुम सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत १५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान फितलो भएको र हत्यारालाई लुकाउन खोजिएको भन्दै मृत्तकका आफन्त र अधिकारकर्मीले रिले अनसन सुरु गरेका हुन् ।

यसअघि सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

Womui
Womui