नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

209
विरोध प्रदशर्नमा सहभागी अधिकारकर्मी, पत्रकारलगायत ।

जाजरकोट –
जाजरकोट रानागाउँका युवा नवराज विकलगायत तीन जना युवाको हत्याको विरोधमा जाजरकोटमा प्रदर्शन भएको छ भने अनुसन्धानका लागि प्रहरीले विककी प्रेमिकासहित १५ जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका विकसहित तीन जनाको कुटेर हत्या गरेको विरोधमा जाजरकोटका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन । अरु तीन जना अझै बेपत्ता छन् । प्रहरीले भने युवाहरुलाई कुट्ने आरोप लागेका केटी निकट रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोहन मल्लसहित युवती, युवतीका बुबा आमालगायत १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

‘हत्याराको खोजी गर, हत्यारालाई फासी दे, पीडीत परिवारलाई न्याय दे’लगायतका नारा लगाउँदै जाजरकोटको खलंगामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सुर्खेतदेखि आएका अधिकारकर्मी र पत्रकार पनि छन् । प्रदर्शन जिल्ला प्रहरी कार्यालय खलंगा पुगेर कोणसभामा परिणत भएको छ ।

शनिबार राति जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको रुकुम पश्चिमको सोतीमा हत्या भएको थियो । विकसहित अरु दुई जनाको शव भेटिएपछि हत्या नै गरिएको आशंका गरिएको छ । आरोपित पक्षले उनलाई लखेट्दा भेरी नदीमा खसेर मरेको दाबी गरेका छन् । तर घाइते र मृत्तकका आफन्तले भने कुटेर मारेको बताएका छन ।
तस्बिर साभारः बिजी एफएम

Womui
Womui