बेपत्ताको खोजी गर्दै गोताखोर

128

जाजरकोट–

भेरीमा बेपत्ता भएकाको खोजी सशस्त्र प्रहरी बलको गोताखोरले गरिरहेको छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगन्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चारजनाको टोली घटनास्थल पुगेको छ ।

विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेको विषयलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक, गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृतअवस्थामा भेटिएको थियो भने अन्य तीनजना नदीमा बेपत्ता छन् । वेपत्ता हुनेमा जाजरकोट भेरी नगरपालिका वडा नं. ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही छन्।

Womui
Womui