अन्तर्जातीय प्रेम प्रकरणः दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्ज र काठमाडौंमा विरोध प्रदर्शन

85
नेपालगन्जमा गरिएको विरोध प्रदर्शनका सहभागी ।

नेपालगन्ज– रुकु्मको सोतीमा नवराज विकसहित ६ जनाको हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन भएको छ । संयुक्त दलित संर्घष समिति बाँकेले शुक्रबार अन्तर्जातीय प्रेम सम्बन्ध र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनालाई मारेर भेरी नदीमा फालेकोले दोषीलाई सार्वजनिक गरी सर्वस्वसहित आजीवन काराबासको हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

धम्बोझीचोकदेखि शुरु भएको प्रदर्शन वीपीचोक गणेशमानचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर समितिले ज्ञापनपत्र बुझाएको हो । विरोधका क्रममा जातीय बर्बरता कहिलेसम्म ? कहाँ छ समाज ? जातीय छुवाछुतको अन्त्य गर, कहाँ छ राज्य, स्टप किलिङ दलितलगायतका नारा लगाइएको थियो ।

यसैबीच घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले पनि विरोध प्रदर्शन गरेको छ। अन्तर्जातीय प्रेम र विवाहलाई लिएर रुकुममा घटेको अमानवीय घटनालगायत देशभर दलित समूदायमाथि भएका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै संघले प्रदर्शन गरेको हो। संघले काठमाडौंमा माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भए अनुरुप विरोध प्रदर्शन गरेको हो । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए।

६ जनाको ज्यानै जाने गरी जातीयताको विषयलाई लिएर ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले बालेर विरोध प्रदर्शन गरिएको बराइलीले बताए। उक्त घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् ।

यो पनि पढ्नुहोस्

‘नवराज विकसहित ६ जनालाई मारेर भेरीमा फालियो’

अन्तर्जातीय प्रेम प्रकरणः कुटेर नवराजसहित ६ जनाको हत्या गरिएको जाजरकोट कांग्रेसको ठम्याइ

अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui