अन्तर्जातीय प्रेम प्रकरणः कर्णालीका दलित सांसद जाजरकोट पुगे

166
जाजरकोट जिल्ला प्रशासन कार्यालयमा पुगेका सांसदद्वयलगायत ।

जाजरकोट – रुकुम पश्चिम सोतीको जातीय विभेदको घटनाका विषयमा आन्दोलन चर्किएपछि कर्णाली प्रदेशका दलित सांसद जाजरकोट पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी कर्णाली प्रदेश सचेतक सीता नेपाली, प्रदेशसभाको सामाजिक विकास समितिकी सभापति राजु नेपाली लगायतका ५ जना सांसद बुधबार राति जाजरकोटको खलंगा पुगेका हुन ।

सांसद नेपालीद्वयका साथमा रुकुम पश्चिमकै सांसद रातो कामी, मुगुका सांसद दानसिंह परियार र नेपाली कांग्रेसकी सांसद झोबा विक जाजरकोट पुगेर पीडितका आफन्त, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सरोकारवालाई भेटेर पीडितलाई न्याय र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । यसअघि कर्णाली प्रदेश सभा बैठकमा पनि उनीहरुले रुकुम घटना छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका थिए । कर्णाली प्रदेश सरकारले उनीहरुका माग नसुनेपनि संघीय सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

घटनालाई राजनीतिकरण गर्ने प्रयास भएका बेला कर्णालीका सबै दलित सांसद एकसाथ जाजरकोट पुगेका हुन । गएको शनिबार राति प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गएका जाजरकोट रानागाउँका नवराज विक लगायत ६ जनालाई स्थानीय वडाध्यक्ष डम्बर मल्ल लगायतले कुटेर हत्या गरी भेरी नदीमा फालेका आरोप लागेको छ ।

भेरी नदीमा फालिएकामध्ये नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको शब भेटिएको छ । बाँकी दुई जना अझै बेपत्ता छन । प्रहरीले गोताखोरको टोली लगाएर शबको खोजी गरिरहेको छ । वडाध्यक्ष मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत २० जनाविरुद्ध पीडितले किटानी जाहेरी परेको छ । तस्बिरः विजीएफएम

यो पनि पढ्नुहोस्

अन्तर्जातीय प्रेम प्रकरणः कुटेर नवराजसहित ६ जनाको हत्या गरिएको जाजरकोट कांग्रेसको ठम्याइ

अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui