सेना परिचालन गर्न कर्णाली प्रदेशको माग

40

काठमाडौं– कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ। कोरोनाको संक्रमण फैलिँदै गएपछि संक्रमितको उद्धार, क्वारेन्टिनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार मागेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णयहरु बुधबार सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सुरक्षा र प्रतिकार्य सम्भव नभएपछि आवश्यक परेको खण्डमा सेना परिचालन गर्न पाउने कुरा केन्द्र र संघीय सरकारसँग स्वीकृत मागिएको बताएन् ।

Womui
Womui