केहीबेरमा प्रधानमन्त्री राराबाट सम्बोधन गर्दैै

205

छिछिन खबर
काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा मुगुको राराबाट देशबासीलो सम्बोधन गर्दैछन् । कर्णाली प्रदेश सरकारले आयोजना गरेको रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन गर्न रारा गएका ओलीले केहीबेरमा सम्बोधन गर्ने तयारी गरेका हुन् ।


प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ पनि रारा पुगेका छन् । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कर्णाली प्रदेशले २०७५ भरि पाँच लाख पर्यटक भित्र्याउने जनाएको छ ।

यो समाचार पनि पढ्नुपर्छ

पाँच लाख पयर्टक लैजाने गरी रारा–कर्णाली पर्यटन वर्ष सुरु गरिँदै

Womui
Womui