दोस्रोपटक डिपिएल प्रिमियर लिगको उपाधि टिम चौराहालाई

46

धनगढी – लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि टिम चौराह धनगढीले जितेको छ । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा धनगढीले काठमाडौंलाई २१ रनले पराजित गर्दैे उपाधि प्राप्त गरेको हो ।

धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनम समेटियो । काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठले सर्र्वािधक ५८ रनको योगदान दिएका थिए । उनले ३९ बलमा ७ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञनेन्द्र मल्लले ३०, सन्नी पटेलले २२, नरेश बुढाएरले १९, पुष्प थापाले १५ रनको योगदान दिएपनि अन्यको प्रदर्शन सम्झन लायक भएन ।
काठमाडौंलाई १६० रनमा समेटन धनगढीका ललित भण्डारीले ४ ओभरमा २२ रन दिई ३ विकेट लिए । त्यस्तै रोहन मुस्तफाले २ तथा सम्सेद शेख र योगेन्द्रसिंह कार्कीले एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको हो। उसका लागि सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । धमलाले सर्वा्धिक ७८ रनको येगदन दिए । उनले ६३ बलमा ८ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै मुस्तफाले ६० रन बनाए। उनले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

पहिलो विकेटका रुपमा अस्फाक अहमदलाई ४ रनमा गुमाएको धनगढीले त्यसपछि भने उत्कष्ट ब्याटिङ गरेको थियो। धनगढीका सोनु तामाङ ० रनमा आउट हुँदा कप्तान सोमपाल कामीले नटआउट ८ रन बनाए ।

बलिङतर्फ काठमाडौंका सुवोध भाटीले दुई तथा सन्नी पटेलले एक–एक विकेट लिए। धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । जितसँगै धनगढीले २५ लाख प्राप्त गर्दा उपविजेता काठमाडौंले १५ लाखमा चित्त बुझायो ।

Womui
Womui