राराबाट प्रधानमन्त्रीले भने– अब हरेक बालबालिकाले पढ्न पाउनेछन्

118

छिनछिन खबर
कठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुेको रारा पुगेर देशका सबै बालबालिकाले अब पढ्न पाउने बताएका छन् । शिक्षाको अवसरबाट कोही पनि वञ्चित रहन नदिने उनले बताए ।

कर्णाली सरकारले सुरु गरेको रारा–कर्णाली पर्यटन महोत्सव समुदघाट्नको क्रममा मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै ओलीले रारा ताल अनुपम र प्रकृतिप्रिय भएको बताए । ‘तर, कर्णालीका नानीहरुमा लागि गतिला विद्यालय र बाटा छैनन् । सुत्केरी आमालाई बचाउन साधन छैन । गाउँबस्ती अँध्यारो र जमिन बाँझो छन् । अब त्यस्तो हुन दिुन हुँदैन,’ उनले भने ।


मानव सुचाकांकको पुछारमा रहेका कर्णाली प्रदेश यतिखेर परिवर्तनको पर्खाइमा रहेको उनको भनाइ छ । समृद्ध नेपाल र सुखी नेपालीको संकल्प कर्णाली प्रदेशको खुशीले मात्र दिन सक्ने उनले बताए । सम्बोधनको क्रममा ओलीले आफूले राजनीतिमा गरेको प्रगति पनि सुनाए । ‘सामान्य नागरिक मुलुकको कार्यकारी पदमा पुग्नु सक्नु अवसर लोकतन्त्रले नै दिएको हो,’ उनले भने । सार्वभौमसत्ता नेपाली जनता र लोकतन्त्र प्रति सधैँ प्रतिबद्ध भइरहने उने बताए । नेकपा एमाले र वामपन्थी गठबन्धनर्ला गरेको विश्वासलाई धोका नदिने उनको भनाइ छ । प्रधानमन्त्री ओललीले अब नेपाल बन्ने र बनाउनै बताए । उनले देशमा भ्रष्टाचार हुन नदिने समेत बताए ।

हरेक वस्तु र ज्ञानको निश्चित अवधि हुने भए पनि इमानको कुनै सीमा नहुने उनको भनाइ छ । तीन तहमा विजयी जनप्रतिनिधि र नेपाललाई सहयोग गर्न चाहने छिमेकी यतिखेर सहयोगको तीव्र प्रतीक्षामा रहेको उनको भनाइ छ । उनले मनोवैज्ञानिक रुपमा कमजोर बनेको राष्ट्रले प्रगति गर्न नसक्ने भएकाले उच्च मनोबल लिन आग्रह गरे । ‘हाम्रो मुलुकमा जन्मेका गौतम बुद्धले हजार वर्ष अघि विश्वमा शान्तिको सन्देश दिएका थिए । नेपाल चीन र भारतको व्यापरिक केन्द्र थियो । त्यसैले यस्तो राष्ट्र कसरी पछाडि परिरहन सक्छ ?’, उनले भने, ‘अब गरिबी, विभेद, पछौटेपन र अविश्वासका विरुद्ध सबै लाग्नु पर्छ ।’

Womui
Womui