ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

33

दाङ, भदौ २१–
शान्ति सुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि दाङमा आक्रमण भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भिर घाइते बनाएका हुन् । बस्नेतको कमान्डमा खटिएका ४ जनाको प्रहरी टोलीमाथि युवाले लुकेर दाउराले प्रहार गरी अगाडी हिडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए । टाउकामा गम्भीर चोट लागेर घाइते भएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताइएको छ ।

कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर बिक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ । त्यसैगरी सोही समयमा शान्ति सुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरी चौकी सिसहनियाका प्रहरी सहायक निरीक्षक यज्ञमणि वैद्य माथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए ।

Womui
Womui