जेसीज सप्ताहमा स्वास्थ्य शिविर

46

कोहलपुर, भदौं २१–
जेसीज सप्ताहको चौथो दिन मंगलबार कोहलपुरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । कोहलपुर जेसीजको साताव्यापी कार्यक्रम अन्र्तगत कोहलपुर नगरपालिकामा रहेको सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन कोहलपुर जेसीजका पूर्व अध्यक्ष विष्णु बेल्वासेले गरे ।

माता मनकामना आयुर्वेद स्वास्थ्य क्लिनिकल प्राली कोहलपुरको प्राविधिक सहयोगमा निःशुल्क चेकजाँच तथा औषधी वितरण गरिएको छ । शिविरमा डा. सतिश कुमार यादवले चेकजाँच गरेका थिए । शिविरमा करिव एक सय भन्दा बढी विरामीको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा कोहलपुर जेसीज अध्यक्ष हेमराज खनाल सन्तोष, निर्वतमान अध्यक्ष पवन थापा, महासचिव लुना बुढाथोकी लगायत उपस्थित भएका थिए ।

Womui
Womui