भम्र फैलाउने हिन्दी भाषी बोर्डले पर्यटक अलमलमा

110

कपिलवस्तु, भदौ २२-

भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि हिन्दी भाषामा लेखिएको साइनबाेर्डले गर्दा उनीहरुलाई अलमलमा पार्ने गरेको छ ।  पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको बोर्डमा आजभोलि  ‘मधेस सरकार आपका स्वागत करता है’ भनेर हिन्दी भाषामा लेखिएको बोर्ड हेर्दा उनीहरुलाई अलमलमा पारेको हो । भारतबाट प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी दर्शन गर्न आएका दीपक गुप्ताले नेपालमा भारतीय भाषामा लेखिएको बोर्ड हेर्दा आफू अलमलमा पर्दै यो कुन देश भनी खोजी नीति गरेको बताए । गत वर्ष मधेसका नाममा चर्किएको  अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलाउने काम गरेको छ  ।  आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए। यहाँङ्का गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत सङ्घसंस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ। मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि? भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन्। स्थानीयका अनुसार देशको राष्ट्रियता गुम्ने यस्ता खाले हिन्दी भाषामा लेखिएका  साइनबोर्ड हटाउने तर्फ सरोकारवाला निकायले ध्यान नदिँदा नेपाल भित्रिने पर्यटकलाई समस्या परेकाे बताउँछन् ।

Womui
Womui