जुम्लामा अत्याधुनिक हतियार बरामद

228

जुम्ला, भदौ २०–
सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएल आरको म्यागेजिन सहित प्रहरीले १५ राउण्ड गोली बरामद गरेको छ । आइतबार सिजाकै शनिगाउँ–४ स्थित जलजला खाप खण्डको जंगलमा लुकाइ राखेको अवस्थामा एसएलआर एकथान र एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली जिप्रका जुम्लाको टोलीले फेला पारेको हो । प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले सल्लाको झयासले ढाकेको अवस्थामा एसएलआरसहित गोली भेटिएको जानकारी दिए ।

Gun pic jumla

उनका अनुसार उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको पकड क्षेत्रका रुपमा मानिएको सो क्षेत्रमा अझै हतियार र गोलीगठ्ठा हुन सक्ने अनुमान प्रहरीले गरेको छ । सोही स्थानमा एसएलआर राइफलको गोली राउण्ड २५ र म्यागेजिन १ थान र चालवाला पुर्जा एक थान आइतबार मात्रै प्रहरीले बरामद गरेको थियो ।

Womui
Womui