नवजात शिशुको स्वास्थ्य सुधार उन्मुख

62

नेपालगन्ज, भदौ २०–
मृत्यु भएको आशंकामा दाहसंस्कारका लागि समशानघाट लगेर फर्काइएकी रुकुमकी नवजात शिशुको स्वास्थ्य सुधार उन्मुख भएको छ । आफन्त कहाँ पति गोपाल खड्कासँगै बाँके आएकी रुकुम, चौखावाङ–७ निवासी भावना खड्काले शुक्रबार नेपालगन्ज बसपार्कमा महिना नपुगेको शिशु(छोरी) जन्माएकी थिईन् । शिशुको मृत्यु भइसकेको आशंकामा दाहसंस्कारका लागि नेपालगन्ज–१७ बुलबुलियास्थित समशानघाट पु¥याएका थिए । गाड्न खाल्डो खन्दै गर्दा शिशु अचानक जोडले कराएपछि खड्का दम्पतीले पुनः भेरी अञ्चल अस्पताल लगेर भर्ना गरेका हुन् ।

एनआइसियु कक्षमा भर्ना गरिएकी नवजात शिशु ।
एनआइसियु कक्षमा भर्ना गरिएकी नवजात शिशु ।

एनआइसियु कक्षमा भर्ना गरिएकी नवजात शिशुको स्वास्थ्यमा क्रमिक रुपले सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शिशुले सोमबार बिहानबाट आमाको दुध खान थालेकी छन् । नवजात शिशुको उपचारमा वरिष्ठ बालरोग विशेषज्ञ डा. पिताम्बर सुवेदी लगायतको टिम खटिएको छ । डा. सुवेदीले अगाडी भने, ‘बच्चाले आजदेखि आमाको दुध खान थालिसक्यो, उसको स्वास्थ्यमा धेरै सुधार आइसक्यो ।’ नर्सहरुले आमाको दुध निकालेर नवजात शिशुलाई खुवाउने गरेका छन् । शिशु बाहिरी वातावरणसँग घुलमिल नहुँदा सम्म एनआइसियु कक्षमै राखिने सुवेदीको भनाई छ ।

Womui
Womui