उद्योग वाणिज्य संघका कार्यसमिति पदाधिकारीको सपथ

64

नेपालगन्ज, भदौ २०–
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । नेपालगन्जमा आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमिति पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्यलाई निर्वाचन प्रमुख एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालले सपथ खुवाए । त्यस लगत्तै बैश्यले नवानिर्वाचित कार्यसमिति पदाधिकारीलाई सपथ खुवाएका थिए ।

नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्यलाई पद हस्तान्तरण गर्दै निर्वतमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ।
नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्यलाई पद हस्तान्तरण गर्दै निर्वतमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ।

सपथ लिइसकेपछि अध्यक्ष बैश्यले आफुले उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने बताए । आफ्नो कार्यकालमा उद्योगी, व्यवसायीका हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाउँदै उनले अगाडी भने, ‘म सधै उद्योगी व्यवसायीको समस्यामा साथ दिन्छु ।’

Sapath gardai

भदौ ११ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा बैश्य सहित उपाध्यक्ष (उद्योग)मा अब्दुल वाहिद मन्सुरी र उपाध्यक्ष (वाणिज्य) मा दुर्गाप्रसाद भण्डारी, सदस्यमा धु्रव दाहाल, तपेन्द्र शाह, आदेशकुमार अग्रवाल, अजयकुमार टण्डन, रोहितकुमार टण्डन, अब्दुल वाहिद अन्सारी, अभयकुमार बस्नेत, ताराकुमारी खत्री, सुनील सिंघल, टंक धामी, श्यामसुन्दर अधिकारी र हरिषचन्द्र तथा एशोसियट सदस्य कन्हैयालाल बैद्य, सन्जय जैन र सम्वद्ध सदस्य नारायण ज्ञवाली र रमेश शाह निर्वाचित भएका थिए ।

तस्बिरहरु सबै : भिष्म लोध 

Sapath gardai Padadhikari

Guest Haru

Womui
Womui