अर्कै माया

236
कथा
भरत बहादुर रानाभाट
भरतबहादुर रानाभाट

ऊ कलेजबाट झन्किँदै आयो । आफ्नो बेडमा किताब भएको झोला थेचा¥यो । पसिना पसिना भएको उस्को अनुहार वर्षाकालमा मेघ गर्जंदा बन्ने कालो बादल जस्तो कालो न कालो भएको थियो । यो सबै हर्कत देखेर भाउजू दिवाशा अचम्म परी । हैन बाबु के भयो तपाईंलाई आज ? भाउजूले प्रश्नमा ऊ बोलेन । के आज साथीहरूसँग झगडा गरेर आउनु भयो ? त्यो पनि हैन अनि के सरले गाली गर्नु भयो र ? भाउजूले प्रश्न माथि प्रश्न तेस्र्याइ ।तर छोटो उत्तर हैन बाहेक उसले केही वाक्य फुटाएन । अनि भएको के हो ? लौ पानी खानुस् दिवाशाले एक गिलास पानी दिई उसले पानी पनि खाएन । उ नबोली चुप लाग्यो । पछि दिवाशाले फेरि भनि बाबु तपाईंलाई आजसम्म नराम्रो केही गरेकी छैन । दाजु र तपार्इंलाई केही कुरामा फरक देखेकी छैन । अघिल्लो वर्ष ११ कक्षमा पढ्दा तपाईंको बानी राम्रो लाग्थ्यो । अहिले झन् झन् तपाईंमा केही न केही फरकपन देखिन्छ । धेरै नबोल्ने, मनमा कुरा गुम्स्याएर राख्ने, झोक्राउने, कुरा बढी सोच्ने, पढन मन नगर्ने, एउटा कुरालाई दुई तीन पटक भन्नु पर्ने । कुनै कुरा ध्यान लगाएर नगर्ने जस्ता तपाईंका क्रियाकलाप देखे पनि नदेखे जस्तै गरिबसेकी छु म । दाजुलाई पिर पर्ला भनेर तपाईंका यी कुरा गरेकी छैन । के तपाईं कुनै केटीको प्रेममा त पर्नु भएको छैन ? भाउजूले भनेका यी सबै कुरा उसले सुनेर पचाइ सकेको छ । ऊ धेरै बोल्दैन । बोले पनि खुलस्त हँुदैन । नभनेपछि अर्काको मनका कुरा थाहा पाउनु कसरी दिवाशा दिक्क परी । दाजु घरमा बुबा बिरामी भएर स्कुलमा दुई दिनको बिदा मागेर घर जानु भएको छ । तपाईंले मलाइ भाउजू भनेर सानो देखेर हेला गरेको हो ? उसले त्यो पनि हैन भन्यो । अनि भएको के हो ? सत्य कुरा भन्नु मलाई नत्र म पनि आजै बुटवल जान्छु । दिवाशा झर्केर देवरसँग कड्किइ । उ केही बोलेन । खाना खाए पछि भन्छु । उस्को एउटा वाक्य फुटयो । उसलाई खाना पस्केर दिई उस्ले खाना खायो । भाउजूले जुठो थाल सफा गरी । दिवाशालाई खाना खान मन लागेन । ढोकाको चुक्कुल लगाइ । अनि देवरको कपाल मुसारी ल भन्नु तपाइलाई के भएको छ सत्य कुरा बताउनुहोस् । दाजुसँग यो कुनै कुरा भन्दिन । तपाईंको कसम ।
ऊ पहिले भन्दा धेरै नरम भइसकेको थियो । भाउजूको प्रश्न माथि प्रश्नले ऊ रन्थनिएको थियो । उसले मुख खोल्न थाल्यो । ऊ अलि हडबडायो । उस्को ओठ सुक्यो । उस्ले पानी माग्यो । दिवाशाले पानी दिई । उस्ले थोरै पानी खाएर गिलास भुइँमा राख्यो । एकपटक पुलुक्क भाउजू लाई हे¥यो । अनि उसले शिर झुकायो । मैले अब भनू त ? भाउजूलाइ सोध्यो । भाउजूले मुन्टो हल्लाई । उसले भन्दै गयो । “मैले तपाईंलाई माया गर्छु क्या उसले भन्यो । दिवाशा अचम्म परी के मैले तपाईंलाई माया गरेकी छैन ? भाउजूले प्रश्न तेस्र्याइ । उ अलिक भाबुक बन्यो । हैन क्या त्यस्तो माया । उसले छोटो बोल्यो । अनि कस्तो माया त दिवाशाले सोधी । तपाईंले मेरा कुरा बुझ्नु हुन्न । तपाईं बुद्घु हुनुहुन्छ भाउजूलाई भन्यो । कस्तो बुद्घु सिधा कुरा गर्नु नि त । अर्कै माया क्या । के हो यो अर्कै माया भनेको माया पनि अर्कै हुन्छ र ? दिवाशाले प्रश्न तेस्र्याइ । उसले मायाको परिभाषासहितको जवाफ दियो । अर्कै माया भनेको काम वाशनाको हो क्या । दिवाशा यो सुनेर एकछिन अलमल्लिइ । छाँगाबाट खसे जस्तै खङ्रङ भई । दिवाशाको ओठ बन्द भयो मुटु छिटोछिटो चल्न लाग्यो । बल्ल देवरको अर्कै मायाको अर्थ दिवाशालाई प्रस्ट भयो । यसको धेरै व्याख्याको जरुरत थिएन सिधा सिधा उत्तर त्यहीभित्र थियो । एउटा देवर आफ्नी भाउजूसँग आफ्नो यौन प्यास मेटाउने चाहाना पूरा गर्न चाहन्छ । बस दिवाशाले बुझेको यहि हो । कोठामा बीस मिनेट सन्नटा छायो । भाउजूको अनुहार हेरेर उसमा आत्म ग्लानिको अनुभूति देखिन्थ्यो ।
आफ्नी भाउजूका अगाडि ऊ कैदी सरह सत्य ओकल्न परिस्थितिले उसलाई बाध्य पा¥यो । ऊ भन्दै जान्छ म बुटवलबाट फस्ट डिभिजनमा एसएलसी पास गरेर दाईसँग काठमाडौँमा सँगै बसेर पढन आए । मेरो ११ कक्षाको पढाइ बिहान हुन्थ्यो । दाजु स्कुलमा पढाउन ९ बजे जानुहुन्थ्यो । बिहान खाना पकाएर आफू खाएर दाजु पढाउन गइसकेपछि म डेरामा पुग्थे । खाना खाएर सरसफाइ गरी म पढन बस्थे । मेरो पढाइ राम्रो थियो । गाउँमा आमाबुबा, दाजु र म चारजनाको परिवार थियो । खेती किसानी गरेर पनि आमा बुबाले हामीलाई पढाउनु भएको हो । दाजु पनि एसएलसी फस्ट डिभिजनमा पास भएपछि पढन काठमाडौँ नै आउनु भएको हो । दाजुले साइन्समा डिग्री गर्नु भयो । धेरै ठाउँमा प्रयत्न गरे पनि जागिर पाउनै गाह्रो भयो । अहिले चार वर्षदेखि यहि बोर्डिङमा पढाइरहनु भएको छ । घरभेटीले दुईवटा कोठाको पन्ध्र हजार घरभाडा बनाएपछि त्यहाँ बस्न सक्ने अवस्था भएन । त्यसैले हामी चावहिलबाट हाँडीगाउँमा डेरा स¥यौँ । मासिक आठ हजार भाडा दिने सर्तमा एउटा ठूलो कोठा एउटा सानो किचन कोठा भएको ठाउँमा भाडामा बस्तै आएका थियौ । वैशाख १२ गते गएको भूकम्पको बाहाना बनाउँदै घरभेटीले फेरि बाह्र हजार घरभाडा बनायो । तिर्न सक्ने भए बस्नु नत्र कोठा खाली गरीदिनु भन्यो । पिलर सिस्टमको दुई तले घर बलियो थियो । फेरि काहाँ डेरा खोज्न जानु । घरभेटीले तोकेको रकम दिन मन्जुर भयौँ । त्यसको केही समयपछि तपाईंसँग दाजुको विवाह भयो । घरमा सारै रमाइलो भयो । विवाह पश्चात् पाच सात दिन बसेर तपाईं दाजु म काठमाडौँ सँगै आयौँ । दाजु र तपाईंको विवाह भएपछि हामी तीनजना भयौ । मलाई खाना पकाउन कपडा धुन सरसफाइ गर्न भाउजू भएर धेरै सजिलो भयो ।
हाम्रो डेरामा भाउजू प्रवेश गरेको पहिलो दिन थियो । दाजु र मसँगै सुत्ने पलङ दाजु भाउजूलाई छोडेर किचनको सानो खाटमा मैले आफ्नो बिस्तारा मिलाए । हामी त्यो दिन गाडीमा धैरै थाकेका थियौँ । खाना खाएपछि हामी चाँडै सुत्यौँ । म मेरो बिस्तारामा यसो कोल्टे परेर भर्खरै निदाएको रहेछु । भूकम्प आए जस्तै गरी दाईको कोठाको पलङ हल्लिन थाल्यो मैले सोचे यो भूकम्प नै हो । किनभने पटक पटक परकम्पन गएर काठमाडांैबासीको सातो पुत्लो उडाएको हुनाले भर्खर झप्प निद्रा लागेको समयमा मैले भूकम्पको झड्का महसुस गरे । तर परकम्पन होइन रहेछ । यो त दाई भाउजूको पलङ बेस्सरी हल्लेको रहेछ । हुनत यो पलङ हामी दाजु भाईसँगै सुत्दा पनि हल्ल्निे गथ्र्याे । तर यस्तो डर लाग्दो तरिकाले होइन । म त्यो रातभर जागा बसे मेरो निद्रा हरायो । जब खाट हल्लिन सुरु गथ्र्यो म ढोकामा आएर खडा हुन्थे । यसरी प्रत्येक रात मेरा लागी रोमन्चकारी बन्न थाल्यो । अब त दाजु भाउजूले ठूलो सास फेरे पनि मैले अनेक कुरा कल्पना गर्न थाले । यसले मेरो दिमागमा मनोवैज्ञानिक छाप प¥यो । यसरी मेरा मनमा नेगेटिभ कुरा मात्र सल्बलाउन थाल्यो । मेरो पढाइमा ध्यान जान छाडयो । छाडा र यौनजन्य कुरा मात्र मनमा खेल्न थाले । मेरा पहिलेका दिन भन्दा हिजो आजका दिन फरक हुन थाले । आज भोलि गर्दै मैले वर्ष दिन त्यसै खेर फाले । मेरो दिमागमा एउटै कुरा मात्र खेल्न थाल्यो । विवाहित दाजु भाउजू एउटै खाटमा सुत्नु अपराध होइन । तर मेरो मन मस्तिष्कले अनेक कुरा कल्पना गर्न थाल्यो । पढने उमेरको अल्लारे केटालाई मेरो डेराको वातावरणले मलाई भिन्न परिस्थितिमा पु¥यायो । मैले यो कुरा नसोचू भनेपनि मनमा रंगिन कल्पनाका लहर लहराएन थाले । उरन्ठेउले उमेर समूहको कच्चा खेलाडी म त पढाइ भन्दा रंगिन दुनियाँको रंगमा आफ्नै मनभित्र पौडी खेल्न थाले । आफ्नो पढाइ चौपट बनाए । मैले भित्रभित्रै तपाईलाई असाध्य माया गर्न थाले । बाहिरी देखावटी माया एउटा थियो । तर भाउजूको रूप र यौवनले मलाई पागल बनाई लठ्याउन थाल्यो । हुनत यो मेरो मूर्खता हुन सक्छ । तर किन किन मलाई एक प्रकारको उकुसमुकुुुसले आफैंलाई सताउन थाल्यो । सँगै पढने केटी पनि राम्रा थिए । तर उनीहरूप्रति आकर्षण जागेन । मलाई तपार्इंप्रति आकर्षण जाग्ने एउटै कारण हो हाम्रो कोठाको वातावरण । तपाईंहरूको रातमा हल्लिने पलङले मेरा शरीरका नसानसा र मेरो मथिँगलसमेत हल्लिन थाल्यो । मैले एक दिन भाउजूसँग एकान्तमा यो कुरा नभनी छोडदिन भनेर अठोट लिएको थिएँ । म मौकाको पर्खाइमा थिएँ । दाजु नभएको मौकामा आफ्ना कुरा राख्ने र तपाईंले गाली गरे कोठा छोडेर हिँड्न तयार भई कि वार कि पारको स्थितिमा म पुगेको थिएँ । विगत एक वर्षदेखि मेरा मनमा गुम्सिएर बिष्फोट हुन तयारी हालतमा रहेका मेरा मनभित्र जरा गाडिएर बसेका यथार्थ उकुसमुकुस यही हो । मैले तपाईंलाई माया गर्छु । तर अर्कै माया । हुन सक्छ मेरा भावना समाज विरोधी लाग्छन् । तर भन्नै पर्ने व्यक्त गर्नै पर्ने हुनाले तपाईं सामु राखे । अब मलाइ पिटे पनि पिटनु ,मारे पनि मार्नु । उसले भाउजूको अनुहार एकपल्ट पुलुक्क हे¥यो । सिर झुकाइ दुवै हातले भाउजूका खुट्टा समाउन खोज्यो । दिवाशा अलि पर सरी र धेरै बेर मौन बसी ।
धेरै बेरको मौनता भंग गर्दै दिवाशाले देवरलाई पुलुक्क हेर्दै अब मेरा कुरा राम्रोसँग सुन्नु “के तपाईंकी भाउजू तपाईंको नजरमा चरित्रहीन नारी जस्ती लाग्छे ? तपाईंको यो सोचाइ बिल्कुल गलत छ । म विवाहिता पतिव्रता नारी हुँ । मेरा माइतमा दुइवटा दाजुभाई आमाबुबा म पाँच जनाको सानो सुखी परिवार थियो । खेतीकिसानी गरेर पनि बुबाले हामीलाई पढाउनु भयो । दाजु र भाईले स्नातक तह पास गरेपछि स्कुलमा पढाउँछन् । मैले सेकेण्ड डिभिजनमा एसएलसी पास गरेँ । म स्कुल पढदा छाडा भएर उत्ताउलिएर आमा बुबाको इज्जत माटोमा मिलाइन । इज्जतपूर्वक माइतमा बसेँ । एक दिन तपाईंको बुबा र दाजु मलाई हेर्न हाम्रो घरमा आए । केटा राम्रो घरपरिवार हामी सुहाउँदो रहेछ । तिमीलाई केटा मन पर्छ भने यही केटासँग विवाह गरौँ । छोरीको जात एउटालाई दिनै पर्ने । मेरा आमाबुबाले मलाई आग्रह गर्नु भयो । तपाईंको दाजु सिधा छक्कापन्जा नभए जस्तो लाग्यो । मैले माने हाम्रो विवाह भयो । घरमा सासू ससुराले खेतीपाती गर्दै चारचारवटा गाई पालेर दूध बेचेर पुग अपुग हामीलाई काठमाडौं पठाउनु भयो । घरमा कामको गाह्रो छ । काठमाडौंमा दुई जना दाजुभाई बसेर पढने खाना पकाउन अप्ठयारो हुन्छ । हामीलाई घरमा जति गाह्रो भए पनि हामी गरौला तिमी छोराहरू सँगै जाऊ भन्नु भयो । यहाँ दाजुले दुःख गर्नु भएको छ । हामी तीनजना डेरामा बस्छौँ । महँगीको मार छ । पैसा तिर्दा भनेको समयमा ग्याँस पाइँदैन । पानीको उस्तै हाहाकार छ । घरभेटीको व्यवहारले झन हैरान बनाएको छ कहिले धेरै पानी खर्च भयो भन्छ । कहिले रातभर कति बिजुली बालेको हो भन्छ । भाडा बढाएको बढाएै छ । नबसेर काहाँ जाने । खाद्य सामग्रीमा मूल्य वूद्घि आकासिँदो छ । मलाई जुठा भाडा माझेर कपडा मात्र धोएर बस्न रहर छ र ? मेरा पनि इच्छा छन् आकाङ्क्षा छन् । आफ्ना श्रीमानका पाखुरी समाएर कुममा कुम जोडेर काठमाडौंका विभिन्न स्थानमा घुम्न जान मलाई रहर छैन होला र ? मैले चाहाना मारेकी छु मेरा आकाङ्क्षा दबाएकी छु । काठमाडौंको यो खर्च सीमित आम्दानीले चलाउनु पर्छ । घरमा आमा बुबाको दुःख यहाँ दाजुको दुःख देखेर तपाईंले पढाइमा मेहनत गर्नु पर्ने होइन र ? यो पढने उमेरमा मनलाई दह्रोसँग बाधेर भविष्यको लक्ष्य पछ्याउन धेरै मेहनत चाहिन्छ । आजका केटा हुन वा केटी विभिन्न प्रकारका डिप्रेशनका सिकार भएका छन् । प्रेम र लागूऔषध सेवन एउटा फेशन बनेको छ । प्रत्येक युवा युवतीले आफ्नो घरका बूढा भएका आमाबुबाको दुःखको तस्बिरलाई आफ्नो सिरानी बनाउनु पर्छ । यौन चाहाना उमेर पुगेपछि समयको माग हो । तर यो प्राप्त गर्ने बाहानामा मनमा विशाक्त यौन कुण्ठा पालेर हामी बहकिएर आफ्नो कर्तव्य र धर्म, समाजमा स्थापित मूल्य मान्यता र सीमाहरूलाई भूल्यौँ भने हाम्रो विनाश ढिलो चाँडो अवश्य छ । म तपार्इंकी भाउजू विवाहिता तपाईंका दाजुकी श्रीमती हुँ । आफ्ना पतिसँग आफ्नो बिस्तरामा नसुते म काहाँ जाऊँ ? के यसमा मेरो गल्ती छ । आर्थिक समस्याका कारण हामीले ठूलो फल्याट भाडामा लिन सकेनौ । केही कुरामा हामी अन्जानवश सजग नबन्न सक्छौं । यदि दाजु भाउजूको अज्ञानतावश भएको सानो गल्तीले के तपार्इंले दिवालियापन देखाउँदै आफ्नो पढाइ र दैनिकी प्रभावित बनाउन मिल्छ र ? म तपाईंकी आमा जस्तै दाजुकी विवाहिता श्रीमती तपाईंकी भाउजू हुँ । मलाई आफ्नी आमाका रूपमा हेर्नु त ? के मसँग तपाईंको यौन चाहाना जागेर आउँछ ? त्यसैले खाली कुरा हामी देवर भाउजूबीचको मात्र पनि होइन । हाम्रो जस्तो गरिब देशमा संयुक्त परिवारभित्र बस्दा बाबु, छोरी, देवर, भाउजू, जेठाजु, बुहारी ससुरा, बुहारी, दाजु, बैनी, दिदी, भाईका बीच पनि यस्ता खाले समस्या आउन सक्छन् । तर हाम्रा बन्धनहरु हाम्रा सीमाहरु हाम्रो धर्मले दिएका आस्थाहरु हामीले भत्काउन मिल्दैन ।आमाबुबा, छोराछारी, श्रीमानश्रीमति, प्रेमीप्रेमिका बीच माया हुन्छ । मायाको भण्डार ठूलो छ । तर नातापिच्छे फरकफरक आस्थाका माया छन् । यी माया गर्ने आधारहरु समाजले सीमा निर्धारण गरेको छ । सीमाभित्र रहेर गरेको निस्वार्थ मायाले सबैको भलो गरेको हुन्छ । छाती फुलाएर समाजका अगाडि गर्वसाथ हिँड्न सक्ने माया नै असली सर्वस्वीकार्य वैधानिक माया हो । तपार्इंले गरेको माया कामवाशनाले प्रेरित स्वार्थी अर्कै मायाले अन्तत व्यक्तिलाई हानी त गर्छ नै यसले समाजलाई पनि राम्रो गर्दैन । कुदृष्टि राखेर गरेको स्वर्थी मायाले बिनाश मात्र निम्त्याउँछ ।
दिवाशाले यति कुरा देवरको अगाडि राखेपछि उसले दुवै हात जोडेर भाउजूसँग माफी माग्यो । मेरो महाभूल थियो । अब आइन्दा मेरी भाउजूलाई मलाई जन्म दिने मेरी आमालाई भन्दा बढी माया गर्छु भन्दै उसले आँखाबाट बलिन्धारा आँशु झा¥यो । उसको मनभित्रको दूषित फोहर मैला पनि सफा भयो । देवर भाउजू दुवैजनाले एकअर्कालाई धेरै बेरसम्म अङ्कमाल गरी रहे । निकैबेर आँशु खसालीरहेँ । त्यहाँ निस्वार्थ सीमारेखाभित्रको पवित्र माया छरपस्ट देखिन्थ्यो ।

Womui
Womui