दाहाल सरकार पुरक बजेट ल्याउँदै

109

काठमाडौं, भदौ १९–
पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुरक बजेट ल्याउने तयारी गरेको छ । सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको बताए ।

Prachanda PM Sapathसत्ता साझेदार दलसँगको परामर्शपति यस विषमया निर्णय गरिने उनले बताए । चालू आर्थिक वर्षमा एमाले नेतृत्वको सरकारले पूर्ण बजेट ल्याएको थियो । एमाले नेतृत्वको सरकार परिर्वन भएर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि सरकारले पूरक बजेट ल्याउने तयारी गरेको हो । बीचमा सरकार परिवर्तन भयो भने सरकारले पूरक बजेट ल्याउने अभ्यास छ । पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले भूकम्प पीडितलाई एकमुष्ट रकम दिने विषयमा छलफल जारी रहेको जनाए ।

Womui
Womui