सुत्केरीलाई आर्थिक सहयोग

89

नेपालगन्ज, भदौ १९–
भेरी अञ्चल अस्पतालको एनआईसियु कक्षमा आफ्नो शिशुलाई भर्ना गरेकी रुकुम, चौखावाङ–७ निवासी भावना ओली (खड्का)लाई अधिकारकर्मीले सहयोग गरेका छन् । रकम अभावका कारण शिशुको उपचार र कुरुवालाई बस्न समस्या भएको सम्वन्धी समाचार आइतबार सार्वजनिक भएपछि माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोईराला र बाल अधिकार श्रोतव्यक्ति भिम अवस्थीले तत्कालको समस्या समाधान गर्न २ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सुत्केरी भावना खड्कालाई रकम हस्तान्तरण गर्दै केशब कोईराला ।
सुत्केरी भावना खड्कालाई रकम हस्तान्तरण गर्दै केशब कोईराला ।

कोईराला र अवस्थीले अस्पतालमै पुगेर भावनालाई आइतबार बेलुका रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गरेपछि प्रतिक्रिया दिदै अधिकारकर्मी कोईरालाले सोमबार जिल्ला बालकल्याण समितिको बैठकमा प्रस्ताव राखेर थप सहयोगको पहल गर्ने प्रतिवद्धता जनाए ।आफन्त भेट्न श्रीमान गोपाल खड्काको साथमा बाँके आइपुगेकी भावनाले शुक्रबार दिउँसो ३ बजेतिर नेपालगन्जको बसपार्कमा महिना नपुगेको शिशु(छोरी) जन्माएकी थिईन् । शिशु जन्मे लगत्तै भेरी अञ्चल अस्पताल पु¥याएपनि खड्का दम्पतीले उपचार गराउन कुनै भेउ नपाउँदा शिशुको अवस्था गम्भिर भएको थियो ।

बच्चा मरिसकेको आशंकामा उनीहरुले रिक्सा चालकलाई सोधपुछ गरी दाहसंस्कारका लागि नेपालगन्ज–१७ बुलबुलियास्थित समशानघाट लगेका थिए । गाड्न खाल्डो खन्दै गर्दा शिशु अचानक कराएपछि उनीहरु आश्चर्यमा परेका थिए । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा भेरी अञ्चल अस्पताल पु¥याइएका उनीहरुले आफुहरुसँग भएको पैसा सकिएको गुनासो गर्दै आएका छन् । साथमा भएको पैसा औषधी उपचारमा सकिएपछि खड्का दम्पती बेखर्ची भएका हुन् । रकम नहुँदा आफु र श्रीमतीले नियमित रुपमा खाना खान समेत नपाएको गोपालको गुनासो छ ।

Womui
Womui