रेडपान्डाको छालासहित एक पक्राउ

108

कोहलपुर, भदौ १९

विश्वकै दुर्लभ जनावरको सूचीमा रहेको रेड पान्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले रेड पान्डाको छाला सहित गर्खाकोट-५ जाजरकोटका २२ वर्षीय सुदीप सिंहलाई पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । सिंहले जाजरकोटबाट रेड पान्डाको छाला ल्याएर बिक्री वितरणका लागि भारत लैजाँदै गर्दा पक्राउ गरिएकोे डिएसपी काफ्ले जानकारी दिए । सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।

Womui
Womui