तीज मनाउन माइत आएकी संगीताको आगलागीमा परी मृत्यु

37

जाजरकोट, भदौ १९-

 जिल्लास्थित खलंगा बसपार्कस्थित एक होटलमा आइतबार भएको आगलागीमा परी तीजमा माइत आएकी एक छोरीको जलेर मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीय संगीता होटलमा लागेकाे आगोमा परी मानसिंह खत्रीकी १९ वर्षीया छोरी संगीताको मृत्यु भएको हो । उनी तीज मनाउन माइत आएकी थिइन्। आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु आगो निभाउने क्रममा घाइते भएका हुन्। घाइते चारैको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui