प्रेमीको यौन प्रस्ताव नस्वीकार्दा…

29

कोहलपुर, भदौ १८-

लामो समयसम्म प्रेममा रहेका एक प्रेमीले प्रेमिकाले यौन प्रस्ताव नस्वीकार्दा प्रेमिकालाई बतात्कृत गराएका छन् । प्रेमिकासंग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमाबाँके कम्दी–९ का मनीराम कुमाईले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका हुन् ।  दुई बर्षदेखि प्रेम गर्दै आएका कोहलपुर–९ की २० बर्षीय प्रेमिकाले यौन सम्बन्ध राख्न प्रस्ताव अस्वीर गरेको भन्दै साथी कुशल रानाबाट भदौ ७ गते राति जंगलमा जबरजस्ती करणी गराएको खुलेको छ। प्रेमिकाको बलात्कारपछि फरार दुवै अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेपछि यौन प्रस्ताव अस्वीकार गरेको बदलामा बलात्कार साथीबाट गराएको रहस्य खुलेको हो ।

यसरी भएकी थिइन् बलात्कृत

गत भदौ ७ गते मंगलबार राति १२ बजे साथीको जन्मदिन मनाएर फर्कदै गर्दा कोहलपुर वनखेतस्थित जंगलमा २० बर्षीय युवती सामूहिक बलात्कार भएकी थिइन् । प्रेमिकालाई बलात्कार गराई फरार रहेका प्रेमी कुमाई र अभियुक्त राना चारदिनपछि भदौ १२ गते पक्राउ परेका थिए । ‘दुवै पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रेमिकाले यौन सम्पर्क प्रस्ताव स्वीकार नगर्दा साथीको सहयोगमा जर्वजस्ती बलात्कार गर्न लगाएको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । ‘युवती जन्मदिनबाट फर्कदा बीच बाटो जंगलमा कुमाईले जर्वजस्ती सुमसुमाउने र संम्वेदनशील अंगमा हातपात गरेको युवतीले बयान दिएकी छिन्,’उनले भने, ‘त्यो दिनपनि करकाप र बलजफ्ती गर्दासम्म यौन प्रस्ताव अस्वीकार गरेको निहूँमा बलात्कार गराइयो ।’ प्रेमिकाले विवाहपछि मात्र यौन प्रस्ताव स्वीकार गर्ने बताएपछि बदला लिन आफ्नै साथी लगाएर बीच जंगलमा बलात्कार भएको, डिएसपी काफ्लेले बताए । बलात्कार गर्ने राना र प्रेमी कुमाईलाई पक्राउ गरि प्रहरीले जर्वजस्तीकरणी मुद्दा चलाई जिल्ला अदालतमा म्याद थपसमेत गरेको छ ।

Womui
Womui