गाड्न लागिएको बच्चा रोएपछि …

32

नेपालगन्ज, भदौ १८-

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ । शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म चालचुल नगरेपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित मसान घाट पर्‍याएका थिए । रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए । मेडिकल संचालकले बच्चा नरोएको, नचलेको, शरिर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए । उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए ।

Womui
Womui