महसुल नबुझाउँदा २१९ ग्राहकको लाइन कट

43

बैतडी, भदौ १८-

जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बुझाउन बाँकी ग्राहकको लाइन काटेको छ । गत जेठदेखि हालसम्म विद्युत् महसुल तिर्न बाँकी २१९ ग्राहकको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरणले जनायो । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरण वितरण केन्द्रले यस महिनामा मात्र ७२ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले तिर्न बाँकी रकम नतिरेकाले लाइन काटिएको प्राधिकरणका लेखा प्रमुख उत्तम रेग्मीले बताए।

Womui
Womui