पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि विवाद

370

रमण ओली
नेपालगन्ज, भदौ १६-
नेपालगन्जको धम्बोझीमा पूर्व राजा वीरेन्द्रको सालिक पुर्नस्थापन गरिएपछि जिल्लामा क्रियाशील राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएको छ । राष्ट्रवादी युवा संघले बिहीबार (आज बिहान) पूर्व राजा वीरेन्द्रको सालिक पुनस्र्थापना गरेपछि राजनीतिक दलबीच विवाद उत्पन्न भएको
हो । अहिले राजाको सालिक हटाउने विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेस्थित राजनीतिक दलबीच छलफल भइरहेको छ ।

2
जिल्लास्थित कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललगायतले सालिक जसरी पनि हटाउने अडान लिइरहेका छन् भने राष्ट्रवादी युवा संघ र राप्रपा नेपालले सालिक हटाउन नदिने अडान लिइरहेका छन् । नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले गणतन्त्रलाई निरुत्साहित गर्ने उद्देश्यले पुनस्र्थापना गरिएको सालिक मान्य नहुने बताएका छन् । उनले भने,‘ भोलि बिहानसम्म प्रहरी प्रशासनले सालिक नहटाए दलबलसहित बाँकेमा रहेका सम्पूर्ण राजनीतिक दल गएर पूर्व राजा वीरेन्द्रको सालिक जसरी पनि हटाएरै छोड्छौं ।’
उता राप्रपा नेपालका महामन्त्री एवम् तत्कालकालीन नेपालगन्ज नगरपालिकाका पूर्व मेधर धवल शम्शेर राणाले पूर्व राजा वीरेन्द्रको सालिक राखेर वा हटाएर उनको लोकप्रियतामा आँच नआउने बताए । उनले भने,‘पूर्व राजा वीरेन्द्रको सालिक जनताले पुनस्र्थापना गरेका हुन्, राजा वीरेन्द्र अलोकप्रिय राजा पनि होइनन् त्यसैले उनको सालिक पुनस्र्थापना गरेर के आपत्ति भयो र ?’ उनले थपे,‘जनताले पुनस्र्थापना गरेको सालिक किन हटाउनु प¥यो ?, जहाँ सालिक पुनस्र्थापना भएको छ त्यो पहिले पनि वीरेन्द्र चोकका रूपमा परिचित थियो र अहिले पनि वीरेन्द्र चोकको नामले नै परिचित छ । जहाँ सबैको सालिक राख्न सकिन्छ त्यहाँ लोकप्रिय पूर्व राजा वीरेन्द्रको सालिक जनताले राखेकाले कसैको आपत्ति हुनु हुँदैन ।’ दोस्रो जनआन्दोलन अघिसम्म पूर्वराजा वीरेन्द्रको पूर्णकदको सलिक भएको यस चोकलाई वीरेन्द्र चोक भनिन्थ्यो भने अहिले पनि यो स्थानलाई वीरेन्द्र चाेकनै भन्ने धेरै छन् ।

Womui
Womui