प्रेस स्वतन्त्रता सेनानी गुप्तको जन्मदिन मनाइने

107

नेपालगन्ज, भदौं १६–
नेपाल प्रेस युनियन बाँकेको जिल्ला कार्यसमिति बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले प्रेस युनियन बाँकेका संस्थापक सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको ८८ औं जन्मदिन यही भदौं २७ गतेका दिन भव्य रुपले मनाउने निर्णय गरेको हो ।

Print

उक्त कार्यक्रमका लागि उपाध्यक्ष कृपाराम बाडियाको संयोजकत्वमा सचिव अर्जुन ओली, विजय मल्ल, कमला हमाल र विशाल राना कुँवर सदस्य रहेको समिति गठन गरिएको छ । यस्तै बैठकले ‘पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘जगन्नाथ स्मृति पत्रकारिता पुरस्कार’ का लागि प्रस्तावित मापदण्ड बनाउन युनियन बाँकेका सल्लाहकार हेमन्त कर्माचार्यको संयोजकत्वमा एक समिति बनाउने निर्णय गरेको छ । उक्त समितिमा सल्लाहकारद्धय निरज गौतम र नरेन्द्र थापा सदस्य रहेका छन् ।

यसैगरी उक्त बैठकले युनियन बाँकेका कार्यसमिति सदस्य विजय मल्ल र साधारण सदस्य मधु पौडेलको चोरी भएको मोटरसाईकल खोजी गरिदिन एक पटक पुनः संस्थागत रुपमा प्रहरीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीको विशेष उपस्थितीमा सम्पन्न बैठकमा युनियनका कार्यसमिति पदाधिकारीका साथै सल्लाहकारहरु हेमन्त कर्माचार्य, निरज गौतम र नरेन्द्र थापा उपस्थित भएका थिए ।

Womui
Womui