एलएलसीपूरकको नतिजा सार्वजनिक

44
काठमाडौं, भदौ १५-
एसएलसीपूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्डको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए। ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ १ लाख १८ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कूल १ लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए । कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।
Womui
Womui