भूकम्पपीडितको १ करोड ६७ लाख हिनामिना गर्ने पक्राउ

58
काठमाडौं, भदौ १५-
भूकम्पपीडितको नाममा आएको १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ हिनामिना गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बुढानिलकण्ठ बस्ने सकुन शेरचन र सप्तरीका अमरकान्त चाैधरीले बुद्धिष्ट जनाधिकार मञ्च खोलेर अमेरिका र मलेसियाबाट उक्त रकम जुटाएका हुन् ।  बुद्धिष्ट जनाधिकार मञ्चका शेरचन संस्थाका अध्यक्ष र चौधरी महासचिव थिए । भूकम्प पीडितलाई सो रकम वितरण गरेको भन्दै आफूहरुले लिएका थिए । सो संस्थाका पूर्व पदाधिकारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि छानबिन गर्न सिआइबीलाई जिम्मेवारी दिइएको थियो ।
Womui
Womui