पूर्व सासंदलाई पेन्सन, उपचार खर्च र यातायात खर्च सरकारले दिनु पर्ने माग

45

काठमाडौं, भदौ १५-

sansadनयाँ सरकार फेरिएसँगै विभिन्न किसिमका मागको ओइरो लाग्ने क्रममा अब पूर्व सांसद तथा संविधानसभाका पूर्व सभासदहरुले पनि पेन्सन र उपचार खर्च तथा यातायात सुविधा पाउनु पर्ने माग राखेका छन् । पूर्व सांसद क्लबका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठको नेतृत्वमा गएका सबै राजनीतिक दल आबद्ध पूर्व सांसदहरुले सरकारले पूर्व सभासदहरुले पेन्सन, उपचार खर्च तथा यातायात सुविधा माग्नुका साथै पूर्व सांसदको मर्यादाक्रम समेत निर्धारण गर्नुपर्ने माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा पूर्व सांसदहरुले विगतमा बहालवावला सांसदपछिको बरियतामा पूर्व सांसद रहने गरेकोमा हाल त्यो व्यवस्था हटेको भन्दै दुःखेसो गरेका थिए । उनीहरुले भारत लगायत विभिन्न देशको उदाहरण दिँदै पूर्व सांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, यातायातमा छुट र ज्यूनी भत्ताका रुपमा न्युनतम मासिक पेन्सन सुविधा दिनुपर्ने माग गरेका हुन् ।

Womui
Womui