‘भूकम्पपीडितला्ई पहिलो किस्तावापतको रकम दिन आनाकानी नगरौं’ मन्त्री पाण्डे

33
काठमाडौं, भदौ १५-
pandeyभूकम्प पीडितहरुलाइृ अनुदान रकम वितरण गर्न नीतिगत समस्या भए त्यसलाई समाधान गर्न आफू तयार रहेको स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताएका छन् । उनले भूकम्प पीडितलाई पहिलो किस्ताको राहत वितरणमा कर्मचारी बहानाबाजी गरेर उम्कन नमिल्ने भन्दै असोज २ गतेभित्र पहिलो किस्ताको रकम दिइसक्नु पर्ने बताएका छन् । मन्त्रालयको भूकम्प  आवास पुनर्निर्माण आयोजनाका निर्देशक गणेशराज वस्तीले भने पुनर्निर्माण प्राधिकरणका क्षेत्रीय कार्यालयहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएका कारण अनुदान रकम वितरणको काम असोज २ गतेसम्म सक्न निकै चुनौती रहेको बताए।
उनले प्राधिकरणले बैठक भत्ता र खाजा खर्च उपलब्ध नगराएका कारण  पुनर्निर्माणको कामबारे समन्वय गर्न स्थानीयस्तरमा रहेका समितिको बैठक आवश्यकता अनुसार बस्न नसकिरहेको बताए।
Womui
Womui