त्रिशूलीमा खसी दुर्घटना भएको बसमा सवार मृतकको सङ्ख्या २५ पुग्यो

125

चितवन, भदौ १५-

Bus-Accidentगत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै त्रिशूलीमा खसेको बस दुर्घटनाका मृतकको सङ्ख्या २५ पुगेको छ । उक्त दुर्घटनामा २१को घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा एकको मृत्यु भएको थियो ।

बस दुर्घटनामा परेकाका १३ जना आफन्तले बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका थिए । जसमध्ये तीन जना र बेपत्तामध्ये सोमबार पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा फेला परेका दुई शव र नवलपरासीको त्रिवेणीस्थित ब्यारेजमा फेला परेको एक शव बसका यात्रीको रहेको पुष्टि भएको छ । त्यस्तै बेपत्ता भएका गरुडा–५ रौतहटका सञ्जयकुमार यादव, मोडलुवा–३ का रवीरञ्जन यादव र मोडलुवा–८ कै मुकेश रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सञ्जयकुमार र रवीञ्जनको शव चितवनको भगडीमा र मुकेशको शव त्रिवेणीमा फेला परेको प्रहरीले जनाएको छ । निवेदन परेका १० जना आफन्तको निवेदन अझै जिल्ला प्रहरी कार्यालयमा छ । बेपत्ता अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui