भलिबलका पुर्व खेलाडीको निधन

148

नेपालगन्ज, भदौ १४–
भलिबका पुर्व खेलाडी तथा बाँके जिल्ला भलिबल संघका कार्यसमिति सदस्य रमा भण्डारीको निधन भएको छ । भारत, लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमवार राति करिव १० बजे निधन भएको हो । निरन्तर ज्वरो आएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकी ३५ बर्षिया रमालाई एक साता अघि सामरा अस्पतालमा रिफर गरिएको थियो । परिवारिक श्रोतका अनुसार उनको मेनेन्जाइटिस रोगबाट निधन भएको हो ।

Rama Bhandari

स्वर्गिय रमाको शव मंगलवार बिहान लखनउबाट कोहलपुर ल्याएर सोही दिन अन्त्यष्टी गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, उपाध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, उपाध्यक्ष चिरनजीवी चन्द, उपाध्यक्ष गोविन्द पौडेल, भलिबलकै पुर्व खेलाडी दामोदर भण्डारी, आइस हक्की संघ बाँकेका उपाध्यक्ष खगेन्द्र शाही, नेपाल खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाह, नमस्ते यातायात समितिका अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मनप्रसाद आचार्य, विभिन्न शिक्षण संस्थाका प्रमुख सहित ठुलो संख्यामा शुभेच्छुकहरु अगैयाघाट पुगेका थिए । कोहलपुर न्युरोड निवासी रमाका पति दिलीप केसी मध्यपश्चिम केवलका सञ्चालक हुन् ।

उनीहरुका एक छोरा छन् । यसैबीच नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले रमाको निधनमा गहिरो दुख व्यक्त गरेका छन् । ‘यो खबरले हामीलाई निकै मर्माहत तुल्याएको छ, उनको आत्माले शान्ति पाओस,’ उनले भनेका छन् । पुर्व युवा तथा खेलकुद मन्त्री पुर्णबहादुर खड्काले पनि रमाको निधनमा गहिरो दुख व्यक्त गरेका छन् । त्यसैगरी बाँके जिल्ला भलिबल संघले रमाको निधनले बाँकेको मात्र नभई सिंगो नेपालको भलिबलमा अपुरणीय क्षति भएको जनाएको छ । नेपालगन्जमा स्थापित प्रधानमन्त्री कप महिला भलिबल आयोजक समितिकी सक्रिय सदस्य रमाको निधनले भलिबलको अभियानलाई ठुलो क्षति पुर्याएको जिल्ला अध्यक्ष ठकुरीले बताएका छन् । रमाको निधनमा नेपाल ओलम्पिक कमिटीका उप–महासचिव राजिव श्रेष्ठ लगायत भलिबल तथा अन्य खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी एवम् प्रशिक्षकले शोक व्यक्त गरेका छन् । 

Womui
Womui