संविधान संशोधन के का लागि ?: नेकपा एमाले

28

काठमाडौं, भदौ १४-

प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधन के का लागि भन्ने प्रश्न प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै यस सम्बन्धी प्रष्ट सूची लिएर आउन अाग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डको आहृवानमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमले यो प्रश्न राखेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले थारु त्था मधेस समस्या समाधानका लागि संविधान संशोधन, स्थानीय तहको पुनर्संरचना र निर्वाचनका एजेण्डा राखेका थिए । कांग्रेस नेता समेत रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गर्ने प्रस्ताव राखेका छन् । तर, सरकारबाट कुनै ठोस प्रस्ताव नआएकाले पहिले संविधान संशोधन किन र के का लागि भन्ने प्रष्ट प्रस्ताव ल्याउन कार्यवाहक अध्यक्ष गौतमले आग्रह गरेको एमाले उपमहासचिव बिष्णु पौडेलले बताए ।

Womui
Womui