चिनियाँ दूतावास अगाडि बम विष्फोट हुँदा एकको मृत्यु

41
एजेन्सी, किर्गिजस्तान,भदौ १४-
किर्गिजस्तानको राजधानी बिस्हेकस्थित चिनियाँ दूतावासको गेटअगाडि मंगलबार कार बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यका अनुसार बिस्फोट परी कार चालक मारिएका छन् ।  किर्गिजस्तानका गृह मन्त्रीले सुरक्षा निकायले बिस्फोटबारे अनुसन्धान गरिरहेको बताए पनि कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन। कार दूतावासको मुख्य गेटमा ठोक्किएलगत्तै बिस्फोट भएको थियो ।

Womui
Womui