संविधान संशोधनबारे भारतलाई लेखेको पत्र सार्वजनिक गरः नेकपा एमाले

129

काठमाडौं, भदौ १४-

meetingसंविधान संशोधनबारे भारतलाई लेखेको पत्र सार्वजनिक गर्नु पर्ने भन्दै आज बसेको तीन दलीय बैठकमा चर्काचर्की भएको छ ।  बैठकमा कांग्रेस नेता तथा गृहमन्त्री बिमलेन्द्र निधि र एमाले नेता भीम रावलबीच चर्काचर्की भएको छ । दुई नेताबीच चर्काचर्की भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेर बैठक साम्य पारेका हुन् । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअगावै स्थानीय चुनावसम्वन्धी विधेयकहरु संसदमा टेबुल गराउन चाहन्छन् । र, यसैको पूर्वतयारीका लागि उनले बालुवाटारमा एमाले र कांग्रेसका नेताहरुलाई बोलाएका हुन् ।

यसैबीच बैठकमा एमाले नेताहरुले भारतलाई संविधान संशोधनका विषयमा लेखेको पत्र सार्वजनिक गर्न माग गरेका थिए। बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले भने ‘संविधान संशोधन नेपालको निजी मामिला हो। त्यस विषयमा नेपाल सरकारले भारतलाई कस्तो औपचारिक पत्र लेखियो त्यसको सार्वजनिक गर्नुपर्ने माग राखेका थियौं ।’ उता गृहमन्त्री निधिले एमाले र अन्य पार्टीले विदेशीपैसा लिने र संविधान निर्माणमा उनीहरुको सुझाव लिने गरेको भन्दै अहिले भारतसँग संविधान संशोधनका विषयमा छलफल गर्दा आपत्तिजनक हुनुहुँदैन भनेर आफ्ना कुरा राखेका थिए।

Womui
Womui