जनजाती नेता खपांगीको सम्झना

120

नेपालगन्ज, भदौ १३–
नेपाल मगर संघ बाँकेले शनिबार राती निधन भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्वमन्त्री नेता गोरेबहादुृर खपांगीको सम्झनामा श्रृद्धाञ्जली सभा गरेको छ । स्थानीय बौद्ध गुम्बामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाल मगर संघका सल्लाहकार तथा पूर्व केन्द्रिय महासचिव रामचन्द्र थापामगरले खपांगीको निधनले सिंगो जनजाती र आम मगर समुदायले ठुलो क्षति ब्योहोर्नु परेको बताए । संघीयतालाई स्थापित गर्नमा स्वर्गीय खपांगीको योगदानलाई विर्सन नसकिने उनको भनाई छ ।

Gore khapangi

जनजाति अगुवा खपांगी २०७० सालमा मोटरसाईकलको ठक्करबाट अर्धचेत भई थला परेका थिए । पिसाबको समस्या पीडित भएपछि अस्पताल पु¥याइएका खपांगीको शनिबार राती निधन भएको हो । संघका अध्यक्ष डम्मर थापाको अध्यक्षतामा सम्पन्न श्रृद्धाञ्जली सभामा नेपाल मगर संघ बाँकेका पूर्व अध्यक्ष धनसिंह रानामगर, बौद्ध गुम्बाका पूर्व अध्यक्ष गुमानसिंह गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य टिकाराम शर्मा, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष मंगलसिंह चौधरी लगायतले खपांगीप्रति श्रदाञ्जली व्यक्त गरेका थिए ।

Womui
Womui