‘जगन्नाथ स्मृती पत्रकारिता पुरस्कार’ घोषणा

41

नेपालगन्ज, भदौ १३–
प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गिय जगन्नाथ गौडेलको सम्झनामा नेपाल प्रेस युनियन बाँकेले पत्रकारिता पुरस्कार घोषणा गरेको छ । गौडेलका पुत्री पत्रकार लक्ष्मी गौडेलको पहलमा युनियनले सोमबार एक कार्यक्रमका बीच ‘जगन्नाथ स्मृती पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । स्वर्गिय गौडेलको वार्षिकीका अवसरमा हरेक वर्ष भदौं १३ गते पुरस्कार वितरण गर्ने युनियनले जनाएको छ । पुरस्कार कोष स्थापनाका लागि प्रेस युनियन बाँकेको कार्यसमिति सहित कार्यक्रममा उपस्थित अतिथीले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । घोषणा लगत्तै उक्त कोषका लागि नेपाली काँग्रेसका सांसद बादसाह कुर्मीले संसद विकास कोषबाट १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बोल्दै अतिथी ।
पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बोल्दै अतिथी ।

यस्तै नेपाली काँग्रेस बाँकेका कार्यसमिति सदस्य एवम् संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले ११ हजार १ सय ११, दिपेन्द्र चालिसेले १० हजार, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले ५ हजार ५ सय ५५, पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले २ हजार ५ सय रुपैयाँ कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । कार्यक्रममा उपस्थित नेपाली काँग्रेस बाँकेका सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्यद्धय दामोदर भण्डारी र उमा थापामगर, सामुदायिक रेडियो प्रसारक संघका लेखा समिति संयोजक तुला अधिकारी, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाह, जिल्लामा क्रियाशिल पत्रकार लगायतले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

स्वर्गिय जगन्नाथ गौडेल ।
स्वर्गिय जगन्नाथ गौडेल ।

कार्यक्रममा बोल्ने बक्ताले स्वर्गिय गौडेलले नेपाली काँग्रेस सहित प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । २००१ साल माघ १ गते स्याङ्जा जिल्लाको पेलाकोट गाविस उदियाचौरमा पिता गंगाप्रसाद गौडेल र माता बसुन्धराका गौडेलको जेठो पुत्रका रुपमा जगन्नाथ जन्मिएका थिए । २०२० सालबाठ नेपाली काग्रेस पार्टीको सदस्यता प्राप्त गरी उनले राजनीतिक यात्रा थालनी गरेका थिए । शास्त्री पास गरे लगतै २०२१ सालमा उनी भारतको देरादुनमा गई नेपाली काँग्रेसको संगठन विस्तारमा लागेका थिए ।

संगठन विस्तारमा लागेको भन्दै २०२२ सालमा तत्कालिन सरकारले राजकाज अपराधमा पर्सा जिल्लामा जेल हालेको थियो । जेलमै रहँदा बखत २०२३ सालमा उनको घरमा तत्कालिन मण्डेलको समुहले आगजनी गरिदिएको थियो । २०२४ सालमा रु. ५ सय जरिवाना तिरेर जेलमुक्त भएका थिए । जेल जीवन भोगेपनि उनमा कुनै विचलन आएन । स्याङजाको पुख्र्यौली थलो छाडेर २०२८ सालमा बाँकेको खजुरा खुर्द–२ शिवनगरमा बस्दै आएका गौडेलको ब्रेन ह्याम्रेज भएर २०७२ भदौं १३ गते उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको थियो ।

Womui
Womui