अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ११ को निधन

41

अर्घाखाँची, भदौं १२–
अर्घाखाँचीको हंसपुर गाविस वडा नम्वर ५ रतनमारे मा जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । सदमुकाम सन्धिखर्कबाट प्यूठानको .बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्वरको यात्रुवाहक जीप हंसपुर– ५ रतनमारेमा करिव पैने चारबजेको सयममा दुर्घटना भएको हो । ९ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा निधन भएको थियो । गाडी सडकबाट करिव ५ सय मिटर तल खसेको थियो ।

accident pic

घटनास्थलमै निधन हुनेमा गाडी धनी सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वर्ष ४८ नारायण राना, गुल्मी पुर्कोदह वर्ष ५९ का भेषबहादुर थापा, गुल्मी भनभनेका वुद्धिराम परियार, प्यूठान बाङ्गेमरोठ वर्ष ६८ की शोभासिंह रोका मगर, हंसपुर ५ का वर्ष ४५ का राम बहादुर घर्ती, हंसपुर ४ का वर्ष ३५ मिनबहादुर केसी, हंसपुर १ वर्ष ३६ का देव बहादुर थापा, सन्धिखर्क– २ वर्ष ३० की सिता नेपाली, हंसपुर ५ वर्ष ५५ का हुम बहादुर घम रहेका छन् । धारापानीकी वर्ष ३६ की कमला पौडेल र गुल्मी पुर्कोटदहका वर्ष ३७ शिवबहादुर कुवँरको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवरत्न पौडेलले बताए । उनले भने, ‘उकालोमा व्रेकफेल भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ, यस विषयमा गहिरो अनुसन्धान गर्छौं ।’

चालक गुल्मी हाडडाडेका यमबहादुर सिरिस प्रहरीको नियन्त्रणमा छन् । घाइते प्यूठान वादीकोट ८ वर्ष ३८ का जिवलाल पोख्रेल, गुल्मी पुर्कोटदह ४ वर्ष ३४ का यमकला कुवँर, सन्धिखर्क २ बस्ने वर्ष ११ को अर्जुन नेपाली, खनदह गाविस वडा नं. १ वर्ष २५ का सुरज खनालको उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । धारापानी ६ वर्ष ११ मिना पौडेल, धरापानीकै वर्ष १३ कविता पौडेलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui