प्रवेज उच्च शिक्षा छात्रबृत्ति कोष स्थापना

25

नेपालगन्ज, भदौं १२–

बाँके युनेस्को क्लबको २७ औं साधारणसभा तथा आठौं महाधिवेशनले प्रवेज अली सिद्दिकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती समेत निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सिराज खान, उपाध्यक्ष पन्चम गुरुङ, महासचिवमा मिना भुुसाल, सचिवमा बुधेश जयसवाल, कोषाध्यक्षमा देवकी गौतम निर्वाचित भएका छन् । यस्तै सदस्यमा फरमान अली सिद्दिकी, भावुकजंग थापा, उमेशसिंह थारु, नायाब सिद्दिकी, प्रिती चौधरी र फिरदौस जहाँ रहेका छन् ।

साधारण सभामा बोल्दै अध्यक्ष प्रवेज अली सिद्दिकी ।
साधारण सभामा बोल्दै अध्यक्ष प्रवेज अली सिद्दिकी ।

साधारण सभाले सन् २०१८ सम्ममा नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने निर्णय गर्दै सोका लागि उपमहानगरपालिका र विभिन्न दातृ निकायको सहयोग लिइने निर्णय गरेको छ । आर्र्थिक अभावले उच्च शिक्षा प्राप्त गर्न नसक्ने २ जना बिपन्न बिद्यार्थिलाई हरेक बर्ष छात्रबृत्ति प्रदान गर्न बाँके युनेस्को कलबका अध्यक्ष प्रवेज अली सिद्दिकीको नाममा प्रवेज उच्च शिक्षा छात्रबृत्ति कोष स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सहायक महासचिव कमलेश्वर सिन्हाले नेपालभरीकै युनेस्को क्लबहरुमध्ये बाँके युनेस्को क्लब उत्कृष्ठ स्थानमा रहेको जनाउँदै कलबले आफ्नो २६ बर्षकोे अवधीमा धेरै उल्लेखनीय काम गरेको बताएका थिए । सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, क्लबका सल्लाहकार पत्रकार निरज गौतम, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव नमस्कार शाह, युएसएआइडी ईजीआरपीका जिल्ला संयोजक उपेन्द्र भण्डारी, बागेश्वरी असल शासन क्लबका अध्यक्ष मन बहादुर भण्डारी, सिसा दाङका अध्यक्ष साजिदा सिद्दिकी, युवा क्लब सञ्जाल बाँकेका सचिव राजन वर्मा, बालक्लब सञ्जाल नेपालगन्जका अध्यक्ष साहिल अन्सारी, मौलाना जियाउल मुस्तफा नुरानी र क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले क्लबले गरेका गतिविधिबारे बोलेका थिए ।

Womui
Womui