उद्योग वाणिज्य संघ अध्यक्षमा नन्दलाल

48

नेपालगन्ज, भदौं १२–
छिनछिन खबरले शनिबार गरेको फेसबुक मत सर्वेक्षणले बैश्यले चुनाव जित्ने अनुमान गरे बमोजिम नै नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा नन्दलाल बैश्य भारी मतले विजयी भएका छन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट समावेशी प्यानलका बैश्य अध्यक्षमा विजयी भएका हुन् । आइतबार बेलुका सार्वजनिक भएको मत गणनाको परिणाम अनुसार बैश्यले १४८० मत प्राप्त गरेका छन् ।

prisident Facebook Survey
उनका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका गोपालप्रसाद अधिकारीले ५८३ र समावेशी साझा समूहका कपिलप्रसाद अधिकारीले ४६० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भोलासिंह हमालले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष(उद्योग)मा सोही समूहका अब्दुल वाहिद मन्सुरी र उपाध्यक्ष(वाणिज्य) मा दुर्गाप्रसाद भण्डारी विजयी भएका छन् ।
सदस्य पदमा धु्रव दाहाल, तपेन्द्र शाह, आदेशकुमार अग्रवाल, अजयकुमार टण्डन, रोहितकुमार टण्डन, अब्दुल वाहिद अन्सारी, अभयकुमार बस्नेत, ताराकुमारी खत्री, सुनील सिंघल, टंक धामी, श्यामसुन्दर अधिकारी र हरिषचन्द्र श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचनबाट एशोसियट सदस्यमा कन्हैयालाल बैद्य र सञ्जय जैन तथा सम्बद्ध सदस्यमा नारायण ज्ञवाली र रमेश शाह निर्वाचित भएका छन् । संघको कूल २९२६ मतदाता मध्ये शनिबार सम्पन्न भएको निर्वाचनमा २६१० मत खसेको थियो । निर्वाचनमा १९ पदका लागि तीनवटा प्यानल र स्वतन्त्र गरी ६१ जनाको उम्मेदवारी परेको थियो ।

code 1
२०६३ सालमा पहिलोपटक संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका बैश्यले आफूले समग्र उद्योगी, व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । निर्वाचनमा आपूmलाई सबै दल निकट उद्योगी, व्यवसायीको सहयोग र समर्थन रहेको स्पष्ट पार्दै उनले भने, ‘ उद्योग वाणिज्य संघमा राजनीतिक हाबी हुन दिन्न, सदा संघको मर्यादा र उद्योगी व्यवसायीको हितमा नै काम गर्नेछु ।’
यस अघि छिनछिन खबरले शनिबार गरेको फेसबुक मत सर्वेक्षणले बैश्यले चुनाव जित्ने आँकलन गरेको थियो । सो सर्वेक्षणमा सहभागी ४५ प्रतिशतले बैश्यले नै चुनाव जित्ने अनुमान गरेका थिए ।

Womui
Womui