उद्योग वाणिज्य संघ निर्वाचन – मतगणना कार्य सुरु

60

नेपालगन्ज, भदौं १२–
नेपालगन्ज उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना कार्य सुरु भएको हो । स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । बिहान साढे ८ बजेबाट गणना सुरु हुने भनिएपनि प्राविधिक कारणले गर्दा एक घण्टा ढिलो सुरु भएको हो ।

20160827_103908

मत परिणाम आइतबार दिउँसो सम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ । संघका कुल २ हजार ९ सय २६ मतदाता मध्ये २ हजार ६ सय १० जनाले मतदानमा सहभागिता जनाएका थिए, भने ३ सय १६ जना मतदाता भने अनुपस्थित भएका थिए । शनिबार बिहान साढे ८ बजेटबाट सुरु भएको निर्वाचन बेलुका ६ बजे सम्पन्न भएको थियो । उद्योग वाणिज्य संघको निर्वाचनमा तीन प्यानल खडा भएका थिए । संघको अध्यक्ष, उपाध्यक्ष र सदस्य गरी १९ पदका लागि ६१ जनाको उम्मेदवारी परेको थियो । नेपाली काँग्रेसले प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका गोपालप्रसाद अधिकारीलाई समर्थन जनाएको थियो । यसैगरी नेकपा एमालेले समावेशी साझा समुहका कपिलप्रसाद अधिकारी र माओवादी केन्द्रले समावेशी समुहका नन्दलाल बैश्यलाई समर्थन गरेको थियो ।

Womui
Womui