सिकलसेल बिरामीको संख्या झन् थपिदै

107

कैलाली, भदौं १२–
दोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे । बाबु–छोरा दुवै संक्रमित हुन् । ‘हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,’ देशरामले भने, ‘डाक्टरलाई जँचाउन आएका हौं ।’ २० वर्षसम्म लाखौं रकम खर्च गरेर उपचारका लागि विभिन्न ठाउँ भौंतारिएका उनलाई दुई वर्षअघि सिकलसेल भएको पत्ता लाग्यो । ‘जीवन उपचार गर्नमै बित्यो, जमिन पनि सकियो,’ उनले भने, ’छोरामा पनि यही रोग देखियो ।’

Sikalsel Tretment-Chhin

हातखुट्टा दुख्ने, पेट दुख्ने लक्षण रहेका छोरोको रगत जाँच गर्दा सिकलसेल एनिमिया देखिएपछि देशराम अत्तालिएका छन् । घोेडाघोडी नगरपालिका– ११, जनकपुरकी २८ वर्षीया जयन्ती चौधरीकी ११ वर्षीया छोरी भावनामा पनि सिकलसेल एनिमिया देखिएको छ । टाउको दुख्ने, हातखुटा दुख्ने, पेट दुख्ने भएपछि रगत परीक्षण गराउँदा डाक्टरले सिकलसेल पुष्टि गरेका छन् । उस्तै समस्या देखिएपछि जयन्ती पनि रगत परीक्षण गराउन घोडोघोडी पुगेकी छन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui