उद्योग वाणिज्य संघ निर्वाचन- “आम चनावकै झल्को”

111

नेपालगन्ज, भदौ १२–
भेरी प्राविधिक शिक्षालयको प्राङ्गनमा शनिबार दिनभर बेग्लै माहोल देखियो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन चलिरहदाँ उद्योगी व्यवसायी मात्र नभएर जिल्लाका राजनीतिक दल, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, नागरिक समाज लगायत उपस्थित थिए । निर्वाचन स्थल बाहिर र भित्र मतदाताको भिडले अस्तव्यस्त थियो । प्रचण्ड गर्मीका बीच मतदाताहरु भोट हाल्ने प्रतिक्षामा उभिएका थिए, भने उम्मेदवार तथा तिनका समर्थकहरु भोट माग्न व्यस्त देखिन्थ्ये । चुनावी गतिविधी हेर्न पुगेका जिल्लाका राजनीतिक दल, सांसद, सुरक्षा निकायका प्रमुख, नागरिक समाज लगायत आ–आफ्नै समुहमा थिए । त्यहाँको माहोलले संसदिय निर्वाचनको झल्को प्रष्ट रुपले दिइरहेको थियो । संघको तीन वर्षे कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्न शनिबार निर्वाचन सम्पन्न भयो । शनिबार बिहान साढे ८ बजे सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको हो ।

20160827_103054

सहायक निर्वाचन अधिकृत माधवप्रसाद शर्माका अनुसार निर्वाचनमा कुल २९ सय २६ मतदाता मध्ये २ हजार ६ सय १० मत खसेको छ । मतगणना कार्य भने आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । मतगणना कार्यमा कुनै अवरोध नआए आइतबार बेलुका सम्म मत परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । ‘भेरी प्राविधिक शिक्षालयकै एउटा कोठामा मतपेटिका सिलवन्दी गरेर राखेका छौं, मतपेटिकाको सुरक्षा जिम्मा प्रहरीले लिएको छ,’ शर्माले भने । उद्योग वाणिज्य संघमा नेतृत्व जिताउन मुख्य तीन दल नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट उद्योगी, व्यवसायीले आ–आफ्ना उम्मेदवार खडा गरेका थिए ।

20160827_103805

काँग्रेसको समर्थनमा ‘प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह’को नेतृत्व गोपालप्रसाद अधिकारीले गरेका छन् । यस्तै एमालेको समर्थनमा ‘समावेशी साझा समुह’ को नेतृत्व कपिलप्रसाद अधिकारी र माओवादी केन्द्रको समर्थनमा ‘समावेशी समुह’ को नेतृत्व नन्दलाल बैश्यले गरेका छन् । संघको निर्वाचनले समग्र जिल्लाबासीको ध्यान केन्द्रित गरायो । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अच्युत प्रसाई आर्थिक पक्षसँग जोडिएका कारण उद्योगी व्यवसायीको निर्वाचनमा सबैको चासो बढेको बताउँछन् । ‘देशको मेरुदन्ड भनेको नै उद्योग, व्यवसाय क्षेत्र हो,’ उनले भने ‘यो क्षेत्रको समग्र नेतृत्व गर्ने व्यक्ति कस्ता आउँलान् भन्ने चासो रहनु स्वभाविक कुरा हो ।’ राजनीतिक हाबी हुदाँ संघको निर्वाचन झन्–झन् महंगो हुदै गएको उद्योगी, व्यवसायीहरु बताउँछन् ।

संघका पुर्व महासचिव श्यामकुमार शर्माले सानोतिनो पुँजी भएको व्यक्ति अब उद्योग वाणिज्य संघको चुनाव लड्न नसक्ने अवस्था आएको बताए । ‘अब सामान्य व्यवसायीले चुनाव लड्ने आँट गर्न सक्दैन, किनकी संघको चुनाव धेरै महंगो भइसकेको छ,’ उनले भने । विश्वस्त स्रोतका अनुसार यस पटकको निर्वाचनमा अध्यक्षका उम्मेदवार बैश्यले २५ लाख बढी रुपैयाँ खर्च गरेका छन् । यस्तै गोपाल र कपिलले १५ लाख बढी रुपैयाँ खर्च गरेको उनी निकट स्रोतको दाबी छ । आजको नागरिक पश्चिमेलीमा खबर छ ।

Womui
Womui