उद्योग वाणिज्य संघ निर्वाचन- मतगणना केहीबेरमा सुरु हुदै

127

नेपालगन्ज, भदौं १२
नेपालगन्ज उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनको मत गणना अहिले केहीबेरमा सुरु हुदैछ । बिहान ८ बजेबाट सुरु हुने भनिएपनि प्राविधिक कारण केही ढिलाई भएको हो । संघको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार निर्वाचन भएको थियो । कुल २ हजार ९ सय २६ मतदाता मध्ये २ हजार ६ सय १० जनाले मतदानमा सहभागिता जनाएका थिए । संघका ३ सय १६ जना मतदाता भने अनुपस्थित रहेका थिए । संघको अध्यक्ष, उपाध्यक्ष र सदस्य गरी १९ पदका लागि ६१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

20160827_103054

Womui
Womui