बन्दुक उठाउने बैद्यको धम्की

59

नेपालगन्ज, भदौं ११–
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य(किरण)ले राष्ट्रियता र जनजीविकाको लागी आफुहरु बन्दुक उठाउन तयार रहेको बताएका छन् । जनताका समस्याहरु अझैपनि राज्यले समाधान नगरेकाले आफ्नो पार्टी बन्दुक उठाउन बाध्य हुने उनको भनाई छ । क्रान्तिकारी पत्रकार महासंघले कोहलपुरमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बैद्यले भने, ‘हिजो जनयुद्ध गर्दा पार्टीले उठाएको मुद्दाहरु राज्यले अहिले सम्म सम्बोधन गरेको छैन, गरीव जनता अझै पनि गाँस, बाँस र कपासको समस्यामा रहेका छन ।’ क्रान्तिकारीको नाममा सत्तामा गएकाहरुले जनतालाई धोका दिएको उनको आरोप छ । जनता अब राज्यको गलत नीति विरुद्ध बन्दुक बोक्न फेरीपनि तयार रहेको बैद्यले जिकिर गरे ।

Mohan Baidhya

पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष वैद्यले भने, ‘संर्घष इच्छाले होईन, बाध्यताले सृजना गर्छ, जनतालाई फेरी बन्दुक उठाउन राज्यले बाध्य पारेको छ ।’ पार्टीले स्थानीय निकायको निर्वाचनमा आवश्यकता अनुसार उपयोग र बहिष्कार दुबै प्रयोग गर्ने नीति बनाएको औल्याए । उनले सरकारले स्थानीय निकायको निर्वाचन गर्न सक्ने सम्भावना आफुहरुले नदेखेको बताए । उनले पार्टीमा रहेको गुटगत अवसरबाद र दक्षिणपन्थीहरु पखालिएर गएपछि पार्टी झनै बलियो भएको प्रतिक्रिया दिए । पार्टीमा क्रान्तिकारी धार सुदृढ हुदै गएको आफुलाई महशुस भएको दाबी गरे । ‘नेत्रविक्रम चन्द (विप्लव) सँग स्पष्ट राजनीतिक कार्यदिशा छैन, बाबुराम भट्टराईले क्रान्तिको धार छाडिसके, अब जनवादी क्रान्ति हाम्रै पार्टीको नेतृत्वमा हुन्छ,’ बैद्यले भने ।

Womui
Womui