चन्द्र ज्योतिलाई नृत्य प्रतियोगिताको उपाधी

124

नेपालगन्ज, भदौ ११–
‘आउ नाँचौ तीज सिजन–फोर’ को उपाधी चन्द्र ज्योती युवा क्लव बाँकेले जितेको छ । स्थानीय कृष्णसार एफएमले तीजका अवसरमा शनिबार आयोजना गरेको तीज नृत्य प्रतियोगितामा पहिलो स्थान हासिल गरेको उक्त क्लबले नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै नव विहानी महिला समूह सैनिक बाँकेले दोस्रो हुँदै १० हजार प्राप्त ग¥यो भने भेरी इग्लिसिम मिडियम स्कुल धम्बोजी नेपालगन्जका पुनम श्रेष्ठ र श्वेता श्रेष्ठको जोडी तेस्रो स्थानमा आयो ।

Teej Dance

उक्त जोडीले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना पुरस्कार भने बाँकेकी निशु थापाले प्राप्त गरिन् । उनले नगद ३ हजार प्राप्त गरिन् । प्रतियोगितामा बरिष्ठ लोकसर्जक प्रेमदेव गिरी, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज संस्कृत विषयका प्राध्यापक सुशिला श्रेष्ठ लगायतले निर्णायकको भूमिका निभएका थिए । यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको प्रस्फुटन र संस्कृती जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्टेशन प्रमुख तुला अधिकारीले बताएका छन् ।

Teej Dance 2

Womui
Womui