निर्वाचनमा २६ सय १० मत खस्यो, मतगणना भोली

32

नेपालगन्ज, भदौ ११–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार बिहान साढे ८ बजेबाट स्थानीय भेरी प्राविधिक शिक्षालयमा सञ्चालन भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको हो । निर्वाचनमा २ हजार ६ सय १० मत खसेको सहायक निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । संघमा आवद्ध २९ सय २६ मतदाता मध्ये ३ सय १६ जना मतदाता भोट हाल्न आएनन् ।

20160827_103805

मतगणना कार्य आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । आइतबार बेलुका सम्म मत परिणाम आइसक्ने शर्माले बताए । भेरी प्राविधिक शिक्षालयकै एउटा कोठामा मतपेटिका सिलवन्दी गरेर राखिएको छ । मतपेटिकाको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिएको छ । निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको नेतृत्व गोपालप्रसाद अधिकारीले गरेका छन् । यस्तै एमालेको समर्थनमा समावेशी साझा समुहको नेतृत्व कपिलप्रसाद अधिकारी र माओवादी केन्द्रको समर्थनमा ‘समावेशी समुह’ को नेतृत्व नन्दलाल बैश्यले गरेका छन् ।

Womui
Womui