सभामुख घर्तीले आदिवासी जनजातिलाई उक्साइन

32
काठमाडौं, भदौ ११-
onsarजनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि सभामुख ओनसरी घर्तीले आन्दोलन गर्न आदिवासी जनजातिहरूलाई उक्साएकी छिन्। आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न सभामुख घर्तीले आग्रह गरिन्।
 आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले शनिबार कठमाडौंमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिका सवाल विषयक अन्तक्रियामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्सामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताएकी थिइन। उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दबाब दिइनुपर्ने बताएकी थिइन । उनले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलले संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताइन्।
Womui
Womui